संविधानमाथि आक्रमण भइरहेको छ, मौन रहन सक्दैनौँ : ओली

हिमाल प्रेस १४ कार्तिक २०८२ १९:२४ | Friday, October 31, 2025
46
SHARES
संविधानमाथि आक्रमण भइरहेको छ, मौन रहन सक्दैनौँ : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेकाले मौन रहन नसक्ने बताएका छन्। आज (शुक्रबार) फेसबुकमा स्टाटस लेख्दै देशको सार्वमौम अस्तित्वमाथि चुनौती खडा गरिएकाले एकजुट हुनुपर्ने बताएका हुन्।

‘राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ,’ उनले लेखेका छन्, ‘त्यसैले विगतमा नेकपा ९एमाले०को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेताकार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु।’

उनले पार्टी छाडेर गएकाहरूलाई पनि एमालेमा फर्किएर निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न आह्वान गरेका छन्।

‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो,’ उनले लेखेका छन्, ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ – देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमालेले सधैँ अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको दाबी पनि गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८२ १९:२४ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast