मनास्लु क्षेत्रमा ढुंगाले लागेर पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

हिमाल प्रेस १४ कार्तिक २०८२ १३:०० | Friday, October 31, 2025
22
SHARES
मनास्लु क्षेत्रमा ढुंगाले लागेर पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा- मनास्लु क्षेत्रमा ढुंगाले लागेर एक पर्यटक घाइते भएका छन्। घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन्।

चुमनुब्री गाउँपालिका-१ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर काठमाडौँको टोखा-६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए।

प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। ‘टाउकोमा गम्भीर चोट छ, झन् जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन’, उनले भने।

प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन्। बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री-४ बुरनजिकैको भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए।

प्रकाशित: १४ कार्तिक २०८२ १३:०० | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast