पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिमाल प्रेस १४ कार्तिक २०८२ १०:१२ | Friday, October 31, 2025
20
SHARES
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध फाइल तस्बिर

चितवन- नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो।

बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन्। पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए।

प्रकाशित: १४ कार्तिक २०८२ १०:१२ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast