चितवनमा इँटा लोड गरिएको ट्रकसँग ठोक्किँदा बस सडकमा पल्टियो, ३३ घाइतेको उद्धार गरी प्रहरीले अस्पताल पठायो

हिमाल प्रेस १४ कार्तिक २०८२ ७:०३
18
SHARES
चितवनमा इँटा लोड गरिएको ट्रकसँग ठोक्किँदा बस सडकमा पल्टियो, ३३ घाइतेको उद्धार गरी प्रहरीले अस्पताल पठायो तस्बिर : सशस्त्र प्रहरी बल

काठमाडौँ- चितवनको टिकौली जंगलमा दुई बस र एउटा ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। दुर्घटना गएराति करिब पौने २ बजे चितवनको भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा भएको हो।

इँटा लोड गरेर सडक छेउमा पार्किङ गरिराखिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौँ आउँदै गरेको अर्को यात्रुबाहक बस बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष बस पनि ठोक्किएको प्रहरीले जनाएको छ।

ठक्करपछि पहिलो बस सडकमा पल्टिएको थियो। दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले उद्धार कार्य गरेको थियो। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको थियो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएका ३३ जनामध्ये १५ जनाको उपचार चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र पाँच जनाको भरतपुर अस्पतालमा भइरहेको छ।

दुर्घटनापछि पल्टिएको बसलाई क्रेनको सहायताले सडक क्षेत्रबाट हटाइएको थियो। अवरुद्ध सडक आज बिहान करिब २:५५ बजे एकतर्फी रूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ।

बा.प्र.०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ का ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast