रेशम चौधरीले दिए नयाँ दल दर्ताका लागि निवेदन

हिमाल प्रेस १३ कार्तिक २०८२ १६:५९ | Thursday, October 30, 2025
18
SHARES
रेशम चौधरीले दिए नयाँ दल दर्ताका लागि निवेदन

काठमाडौँ- रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका छन्। चुनाव चिह्न जाँतो राखिएको छ।

चौधरीसहितका नेताहरू आयोग पुग्दा एकै किसिमको पोसाक लगाएर पुगेका थिए। पार्टीमा ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ।

अध्यक्षमा भने कबीर सोपलाई प्रस्ताव गरिएको छ। जनमत पार्टी छाडेका अब्दुल खान वरिष्ठ उपाध्यक्ष र महासचिवमा उमाशंकर चौधरीलाई बनाइएको छ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संस्थापक पनि थिए। तर पछिल्लो समय पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नयाँ पार्टी घोषणा गरेका हुन्।

प्रकाशित: १३ कार्तिक २०८२ १६:५९ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast