फाइल तस्बिर
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्।
उनले आजको खेलमा ७७ बलमा ५० रन प्रहार गर्दै अर्धशतक बनाएका हुन्। लगातार विकेट गइरहेका बेला रोहितले टिमलाई राहत दिएका छन्।
२३ वर्षीय रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १२औँ अर्धशतक हो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार नौ सय रन पनि पूरा गरेका छन् ।
उनलाई आरिफ सेखले सहयोग गरेका छन्। आरिफ अहिले ४१ बलमा २७ रन बनाउँदा पौडेलले ८१ बलमा ५४ रन बनाएका छन्।
प्रकाशित: १३ कार्तिक २०८२ १३:३३ | Thursday, October 30, 2025
प्रतिक्रिया





