काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीले तेस्रो विकेट गुमाएको छ।
लगातार विकेट गुमाएको नेपाललाई भरोसा देखाएका ओपनर पनि १७ दशमलव १ ओभरमा यूएईका जुनेद सिद्दिकीको बलमा आउट भए।
४८ बलमा ३५ रन बनाएका आसिफ समेत बाहिरिए पनि अहिले क्रिजमा आरिफ सेख र कप्तान रोहित पौडेल छन्। हाल सम्म नेपालले १८ दशमलव २ ओभरमा ३ विकेट गुमाएर ७५ रन बनाएको छ। यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाएको छ।
प्रकाशित: १३ कार्तिक २०८२ १२:४१
प्रतिक्रिया



