काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपाली टोलीले आफ्नो पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी १२ बलमा एक चौकाको मद्दतले केवल सात रन बनाउँदै पेभेलियन फर्किए ।
पाँचौं ओभरको पहिलो बलमा भुर्तेल आउट हुँदा नेपालले केवल २६ रन बनाएको छ । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
प्रकाशित: १३ कार्तिक २०८२ ११:४९
प्रतिक्रिया



