आईसीसी महिला क्रिकेट विश्वकप : सेमिफाइनलमा भेट हुँदैछन् भारत-अस्ट्रेलिया

हिमाल प्रेस १३ कार्तिक २०८२ ८:४९ | Thursday, October 30, 2025
आईसीसी महिला क्रिकेट विश्वकप : सेमिफाइनलमा भेट हुँदैछन् भारत-अस्ट्रेलिया

काठमाडौँ- आईसीसी महिला क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनल आज हुँदैछ। दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिड्दैछन्। मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ।

अस्ट्रेलिया लिग चरणमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्दैछ भने भारत चौथो स्थानमा रहेर सेमिफाइनल खेल खेल्दैछ।

अस्ट्रेलिया महिला क्रिकेटमा विश्वकै सबैभन्दा बलियो टिम मानिन्छ। अस्ट्रेलियाले १९७८, १९८२, १९८८, १९९७, २००५, २०१३ र २०२२ मा गरी सात पटक विश्वकपको उपाधि जितेको छ।

 भारतले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन। भारत यसअघि २००५ र २०१७ मा फाइनलमा पुगेर पराजित भएको थियो।

यस विश्वकपको लिग चरणको खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको थियो। आजको विजेताले फाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ सय २५ रनले पराजित गरेको थियो।

प्रकाशित: १३ कार्तिक २०८२ ८:४९ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast