लोबुचेमा दुर्घटना भएको हेलिकप्टर। तस्बिर : सामाजिक सन्जाल
काठमाडौँ- सगरमाथाको आधार शिविर रहेको सोलुखुम्बुको लोबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ। आज बिहान ७ः५० को समयमा हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार हेलिकप्टरमा चालक मात्रै थिए। उनी पनि सकुशल रहेको र अहिले लुक्ला फर्किसकेका छन्। ‘अन्य यात्रु नभएकाले खासै केही हुन पाएन। घाइते चालकलाई लुक्ला ल्याइएको छ।’ कुँवरले बताए।
यता सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले भने ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भएर हेलिकप्टर दुर्घटना भएको बताएका छन्। थापाका अनुसार ल्यान्ड गराउँदा नियन्त्रणबाहिर गएको र आगलागी समेत भएको थियो। तर अहिले स्थिति सामान्य भइसकेको छ।



