सिन्धुलीमा अनियन्त्रित भएर कार दुर्घटना हुँदा एकको मृत्यु, एकै परिवारका तीन घाइते

हिमाल प्रेस ११ कार्तिक २०८२ १४:५३ | Tuesday, October 28, 2025
सिन्धुलीमा अनियन्त्रित भएर कार दुर्घटना हुँदा एकको मृत्यु, एकै परिवारका तीन घाइते

सिन्धुली- बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका-६ चैनपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट खसेको छ।

दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको थियो। उपचारका लागि अस्पताल लगिए पनि ओमबहादुरको मृत्यु भएको सुवेदीले बताए।

मृतककी श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ । उनका छोरा ३१ वर्षीय निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १४:५३ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast