काठमाडौँ- सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ कात्तिक १९ देखि खुल्ने भएको छ।
यसअघि वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भएसकेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
प्रकाशित: ११ कार्तिक २०८२ १२:०२
प्रतिक्रिया



