काठमाडौँ- शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज मधेश प्रदेशको भ्रमणमा जाने भएका छन्।
मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
सोमबार र मंगलबार गरी उनीहरू दुई दिन मधेशमा रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन्। मन्त्रीहरू छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन्।
प्रकाशित: १० कार्तिक २०८२ ६:३६
प्रतिक्रिया



