इजरायलमा बस्ने नेपालीले पुनर्निर्माण कोषमा जम्मा गरे १० लाख रकम

हिमाल प्रेस ९ कार्तिक २०८२ २०:२४
6
SHARES
इजरायलमा बस्ने नेपालीले पुनर्निर्माण कोषमा जम्मा गरे १० लाख रकम

काठमाडौँ- इजरायलमा बसोबास गर्ने नेपालीहरूले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निमाण कोषमा १० लाख नेपाली रूपैयाँ जम्मा गरेका छन्। नेपाली राजदूतावास तेल अबिबको आह्वान एवं सक्रियता तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको अगुवाइमा रकम जम्मा गरिएको हो।

इजरायलमा झण्डै ५ हजार नेपालीहरू केयरगिभर र कृषिमा कार्यरत छन्। कार्यवाहक राजदूतसमेत रहेका नियोग उपप्रमुख कुमारबहादुर श्रेष्ठका अनुसार एनआरएनएसँग सहकार्य गरेर सो रकम जम्मा गरिएको हो। कतिपय नेपालीले सीधै पनि सो कोषमा रकम जम्मा गर्ने बताएका छन्।

असोज ५ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो।

सोहीअनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो।

प्रकाशित: ९ कार्तिक २०८२ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast