सोमपालले लिए अमेरिकाको पहिलो विकेट

हिमाल प्रेस ९ कार्तिक २०८२ १२:०३
4
SHARES
सोमपालले लिए अमेरिकाको पहिलो विकेट

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

नेपाली टोलीका बलर सोमपाल कामीले अमेरिकाको पहिलो विकेट लिएका हुन् । सोमपालले अमेरिकाका ओपनर ब्याट्सम्यान एन्ड्रिस गौसलाई ११ रनको व्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराए ।

आठौं ओभरको दोस्रो बलमा गौस आउट हुँदा अमेरिकाले १८ रन बनाएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

प्रकाशित: ९ कार्तिक २०८२ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast