खगेन्द्र सुनारसहित ४ मन्त्री थपिँदै, आजै शपथ

हिमाल प्रेस ९ कार्तिक २०८२ ९:३६
56
SHARES
खगेन्द्र सुनारसहित ४ मन्त्री थपिँदै, आजै शपथ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा आज ४ मन्त्री थपिँदैछ। बालुवाटार स्रोतका अनुसार आज उनको मन्त्रिमण्डलमा जेनजी र विभिन्न क्षेत्रका अभियान्ताहरू आज मन्त्री हुँदैछन्।

गणपतिलाल श्रेष्ठ पर्यटन, सुधा गौतम स्वास्थ्य, बब्लु गुप्ता खेलकुद र खगेन्द्र सुनार श्रममन्त्री बन्ने निश्चित भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। उनीहरूको आजै शपथ तोकिएको छ।

यसअघि मन्त्रिपरिषद् ८ सदस्य भइसकेका छन्।

प्रकाशित: ९ कार्तिक २०८२ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast