गृहमन्त्रीले भने– प्रदर्शन नगरौँ, संवादका लागि सरकार तयार छ

हिमाल प्रेस ८ कार्तिक २०८२ १५:५१
26
SHARES
गृहमन्त्रीले भने– प्रदर्शन नगरौँ, संवादका लागि सरकार तयार छ फाइल तस्बिर

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे।

‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्‌‍‍यो। संवाद गर्न सरकार तयार छ। सडकमा जानु जरुरी छैन,’ गृहमन्त्री अर्यालले भने।

लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ।

‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याउनु भएन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन। विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,’ गृहमन्त्रीले भने।

बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए।

प्रकाशित: ८ कार्तिक २०८२ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast