सुनको मूल्यमा रेकर्ड, प्रतितोला १ लाख ५ हजारमा काराेबार

हिमाल प्रेस १ माघ २०७९ ११:२१ | Sunday, January 15, 2023
सुनको मूल्यमा रेकर्ड, प्रतितोला १ लाख ५ हजारमा काराेबार

काठमाडौँ- आइतबार सुनको मूल्यले रेकर्ड बनाएको छ। माघ महिनाको पहिलो दिन आज सुनको मूल्य प्रतितोला १ लाख ५ हजार कायम भएको हो।

यो मूल्य गत शुक्रबारको तुलनामा ११ सय रुपैयाँले बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५०० पुगेको छ। गत शुक्रबार १ लाख ३ हजार ४०० थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढ्दो छ। अहिले अन्तर्राष्ट्रिय बजारको सुनको मूल्य प्रतिऔंस १९२०.३८ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.२७ डलरमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ। शुक्रबार १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १ माघ २०७९ ११:२१ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast