नेपाली कांग्रेसले गर्‍यो विपिनप्रति श्रद्धाञ्जली व्यक्त

हिमाल प्रेस ४ कार्तिक २०८२ १४:१७ | Tuesday, October 21, 2025
नेपाली कांग्रेसले गर्‍यो विपिनप्रति श्रद्धाञ्जली व्यक्त कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (मंगलबार) शोक विज्ञप्तिमार्फत जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन्।

जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका थिए। उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उनको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादी संघसंस्थाले निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो। उनका परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो।

जोशीको पार्थिव शरीरको आज (मंगलबार) महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अत्येष्टि गरिएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १४:१७ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast