‘आ बाट आमा’ का कलाकार विपना, प्रदीप र पलकाे लुक्स सार्वजनिक

हिमाल प्रेस ३ कार्तिक २०८२ ११:१५ | Monday, October 20, 2025
‘आ बाट आमा’ का कलाकार विपना, प्रदीप र पलकाे लुक्स सार्वजनिक

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को एक पोस्टर सार्वजनिक भएको छ। तिहारको लक्ष्मीपूजाको अवसरमा निर्माण टिमले तीन कलाकार अटाएको तस्बिर सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी भइरहेका छन्। नेपत्थ्यमा ग्रामीण शैलीको घर पनि छ।  साथै ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं,’ भन्ने संवाद पनि लेखिएको छ।

जसअनुसार ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई उजागर गर्ने अनुमान गर्न सकिन्छ।

विपना, प्रदीप र पलसहित फिल्ममा साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिस्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलीप उखेडा लगायतको अभिनय छ।

फिल्म अगामी माघ १६ देखि प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्म चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा बनेको छ। आर्या पन्तको प्रस्तुति रहेको फिल्मका निर्मातामा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना छन्।

प्रकाशित: ३ कार्तिक २०८२ ११:१५ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast