सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनुपर्छ : विप्लव

हिमाल प्रेस २ कार्तिक २०८२ १५:३९
6
SHARES
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनुपर्छ : विप्लव

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको माग गरेको छ।

नेकपाले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि बनेको सरकार आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल नखाने र यसका कारण आगामी दिनमा अर्को संघर्ष एवं विद्रोह सिर्जना हुने देखिएकाले अन्तरिम सरकार खोरेज हुनुपर्ने माग राखेको हो।

पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताए। उनले नयाँ बन्ने अन्तरिम सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। त्यसका लागि उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्ने उनको भनाइ छ।

विप्लवले संविधानको पुनर्लेखन गर्दै राज्यलाई पुनसंरचना गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थापछि मात्रै निर्वाचनमा जानुपर्नेमा जोड दिए।

त्यस्तै उनले भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि नागरिक र विज्ञ संलग्न शक्तिशाली नागरिक आयोग गठन गर्नुपर्ने र अपराधको निष्पक्ष फैसला गर्न विशेष न्यायालय खडा गर्नुपर्ने बताए।

नेकपाले जेनजी आन्दोलनका क्रममा देखिएको टीओबीको अराजकता र खुलेआम हतियारको प्रदर्शनले नेपाल तिब्बतीयन शरणार्थीहरुको बहानामा अमेरिकी–नेपाल टिब्बेट सेना खडा गरिएको त छैन भन्ने आशंका उब्जिएको जनाएको छ।

त्यस्तै ५ सय र १ हजारका नोट खारेज गरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दबाब दिने निर्णय भएको नेकपाले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८२ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast