प्रधानसेनापतिले रथीमा पदोन्नति भएका श्रेष्ठलाई प्रदान गरे दर्ज्यानी चिह्न

हिमाल प्रेस २ कार्तिक २०८२ १५:२८ | Sunday, October 19, 2025
प्रधानसेनापतिले रथीमा पदोन्नति भएका श्रेष्ठलाई प्रदान गरे दर्ज्यानी चिह्न

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २ कार्तिक २०८२ १५:२८ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast