नीर शाह भन्छन्- ‘परान’ काे धर्मनाथ पात्रसँग मेरो मनोविज्ञान जोडिएको छ

हिमाल प्रेस २ कार्तिक २०८२ १५:२८ | Sunday, October 19, 2025
नीर शाह भन्छन्- ‘परान’ काे धर्मनाथ पात्रसँग मेरो मनोविज्ञान जोडिएको छ

काठमाडौँ- फिल्म ‘परान’ यही कात्तिक १४ देखि प्रदर्शन हुँदैछ। मुख्य भूमिकामा छन् वरिष्ठ अभिनेता नीर शाह। अभिनेता शाहले आफ्नो लागि फिल्म ‘परान’ विशेष रहेको बताएका छन्। उनले आफ्नो करिब छ दशकको कलाकारिता यात्रामा यो एउटा परीक्षा भएको बताएका हुन्।

फिल्ममा उनी धर्मनाथ पात्रको भूमिकामा छन्। उनले उक्त पात्र आफ्नो मनोविज्ञानसँग पनि केही हदसम्म मिल्ने भएकोले अभिनयको लागि तयारी रहेको उनले खुलाए।

उनले भने, ‘मैले फिल्ममा धर्मनाथको भूमिका निर्वाह गरेको छु। यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ। मेरो फिल्मकर्ममा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ। यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ।’

उनले अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको धारणा राखे। ‘मेरा लागि यो एउटा पाठशाला झैँ भयो। मेरा सहकर्मी कलाकारसँग धेरै र नयाँ कुरा सिक्न र बुझ्न पाएँ। मैले अभिनय गरेको छ दशक हुँदा आफूले निर्वाह गरेको यो भूमिकाका बारेमा मैले भन्ने धेरै कुरा छैन। दर्शकले हलसम्म पुगेर मूल्यांकन गरिदिनुहुनेछ भन्ने विश्वास छ’, अभिनेता शाहले भने।

दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा बनेको फिल्ममा अभिनेता शाहसहित केकी अधिकारी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन्। फिल्म परिवार, सम्बन्ध र संघर्षको कथामा आधारित छ।

प्रकाशित: २ कार्तिक २०८२ १५:२८ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast