काठमाडौँका ६२ चोकमा हाइ मास्ट लाइट, यस्तो देखियो सहर (तस्बिरहरू)

हिमाल प्रेस २ कार्तिक २०८२ १४:०४
16
SHARES
काठमाडौँका ६२ चोकमा हाइ मास्ट लाइट, यस्तो देखियो सहर (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान सम्पन्न गर्दैछ। हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए।

९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा काम भएको हो। २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो।

काम सक्नुपर्ने अवधि आगामी पुस ३० गतेसम्म भए पनि तिहार पर्वको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकोले तिहार अघि नै काम सकिएको महाशाखा प्रमुख नेपालीले जानकारी दिए।

‘६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिँदै छ। यस पोलमा ६ वटा बत्ती जडान हुँदैछ’ महाशाखा प्रमुख नेपालीले भने,‘४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन्। यी पोलमा ८ वटा बत्ती हुनेछन्।’

यी बत्तीहरू १ हजार वाट क्षमताका हुन्। सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरू आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ।

तस्बिरहरू : काठमाडौँ महानगरपालिका

प्रकाशित: २ कार्तिक २०८२ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast