कांग्रेसमा ४० वर्षमुनिका युवाले थाले कांग्रेस सुधार अभियान

हिमाल प्रेस १ कार्तिक २०८२ १८:३२ | Saturday, October 18, 2025
4
SHARES
कांग्रेसमा ४० वर्षमुनिका युवाले थाले कांग्रेस सुधार अभियान

काठमाडौँ– नेपाली कांग्रेसका ४० वर्ष मुनिका ४० युवाहरुले छलफल थालेका छन्।

उनीहरुले पार्टीका हरेक तहमा ४० प्रतिशत चालीस वर्ष मुनिका युवाहरुको प्रतिनिधित्व र पार्टीको तर्फबाट संघ, प्रेदश र स्थानीय तहको निर्वाचनमा समेत ४० प्रतिशत टिकट दिन विधानबाटै व्यवस्था गराउन ध्यानाकर्षण गर्दै दबाब दिने तयारी गरेका छन्।

उनीहरुले नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले बाटो नबिराओस् भनेर पार्टीको आमूल सुधार र रुपान्तरणका लागि निर्णय गरेर आगामी बाटो तय गर्न दबाब दिने तयारीमा रहेको कांग्रेस महासमिति सदस्य धर्मराज शाहीले जानकारी दिए।

युवाका नाममा सीमित व्यक्ति पटक पटक आम चुनावमा उम्मेदवार बन्ने, सीमित व्यक्तिले मात्र पार्टी र सरकारमा लाभका पद लिने प्रवृत्तिको अन्त्य गर्न सांसद ३ पटक, मन्त्री २ पटक र प्रधानमन्त्री १ पटक मात्र बन्न पाउने पार्टीमा बैधानिक व्यवस्था गर्नका लागि दबाब दिने पनि शाहीले बताए।

जेनजी, नवयुवा पुस्तालाई पार्टीले विशेष प्राथमिकताका साथ क्रियाशील सदस्यता दिने गरी निर्णय गर्नका लागि दबाब दिने उनीहरुको योजना छ ।

सबै नेताले सामूहिक जबाफदेहिता स्वीकार गर्नुपर्ने, जेनजी पुस्ताले उठाएका मुद्दाहरू आत्मसात् गर्दै अगाडि बढ्नु पर्ने, भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र पनि शक्तिशाली आन्तरिक छानबिन आयोग गठन गर्न माग गर्ने विषयमा समेत दबाब दिने विषमा छलफल गरेका छन्।

४० मुनिका ४० प्रतिशत पार्टी सुधार अभियानमा नेविसंघ, तरुण दल, महिला संघ, प्रेस युनियनका प्रतिनिधिमूलक युवाहरुले अभियानको प्रारम्भिक छलफल सुरु गरेका हुन्।

 

प्रकाशित: १ कार्तिक २०८२ १८:३२ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast