कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशत प्रतिनिधिले बुझाए हस्ताक्षर

हिमाल प्रेस २९ असोज २०८२ १५:३४ | Wednesday, October 15, 2025
कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशत प्रतिनिधिले बुझाए हस्ताक्षर

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुधबार नेतृत्वसमक्ष पेस गरिएको छ। कांग्रेस नेता गुरुराज घिमिरेले हस्ताक्षरसहितको निवेदनपत्र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी कार्यालय सानेपामा पेस गरेका हुन्।

घिमिरेले महाधिवेशन प्रतिनिधिका ५३ प्रतिशत संख्यामा हस्ताक्षर बुझाइएको बताए। उनले भने, ‘यो घरसल्लाह हो, विवाद होइन, ती साथीका भावनालाई प्रतिनिधित्व गर्दै हस्ताक्षर पेस गरेका हौँ।’

घिमिरेले वैधानिक बाटोबाट अगाडि बढ्ने प्रक्रिया थालेको दाबी गरे। उनले विशेष महाविधेशन डाक्ने प्रतिनिधिको अधिकार रहेको पनि बताए।

जेनजी आन्दोलनपछि कांग्रेसका केही नेताहरूले विशेष महाधिवेशन डाक्नका लागि महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको थियो। यसमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतले पनि साथ दिएका थिए। महामन्त्री थापाले सभापति देउवालाई पद छाड्न सार्वजनिक रूपमै दबाब दिँदै आएका छन्।

सभापति देउवाले मंगलबार आफ्ना स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छन्। देउवाले पद त्यागको घोषणा गरेपछि मंसिरसम्म पार्टीको नियमित महाधिवेशन हुने सम्भावना बढेको छ।

प्रकाशित: २९ असोज २०८२ १५:३४ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast