काठमाडौँ- विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार ओएसआर डिजिटल युट्युबबाट ट्रेलर सार्वजनिक गरेको हो।
तीन मिनेट ४९ सेकेन्डको ट्रेलरमा प्रेम पाउनका लागि गर्नुपरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका कलाकार धीरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई रनिर्देशक विल्सन स्वंय अटाएका छन्।
निर्देशक राईकै कथा रहेको फिल्म पूर्वको इलाम र पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म तिहारको भाइटीका अर्थात् कात्तिक ७ बाट प्रदर्शन हुनेछ।
यस्ताे छ ट्रेलर
प्रकाशित: २८ असोज २०८२ १५:५० | Tuesday, October 14, 2025
प्रतिक्रिया




