वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

हिमाल प्रेस २६ असोज २०८२ २१:१० | Sunday, October 12, 2025
वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौँ- वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाल १ लाख २० हजार ८५० रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार उनलाई कार्यालयबाटै पक्राउ गरेको हो।

विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस रकम लिएर कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना पाएपछि आयोगको टोली दाहालको कार्यकक्षमा पुगेको थियो। त्यहाँबाट टोलीले घुस रकम, मोबाइल एक थान र अन्य सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रकाशित: २६ असोज २०८२ २१:१० | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast