राप्रपा इतरपक्षको भेला : तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग

हिमाल प्रेस २६ असोज २०८२ १६:२३
14
SHARES
राप्रपा इतरपक्षको भेला : तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग

काठमाडौँ- राप्रपा संस्थापन इतर समूहले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ। इतर समूहका नेता महामन्त्री डा.धवलशम्शेर राणा पक्षले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन्।

काठमाडौँमा उपलब्ध धव पक्षका केन्द्रीय सदस्यहरूको आइतबार बसेको भेलाले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको भेलामा सहभागी एक नेताले जानकारी दिए।

उनका अनुसार गत वर्षको माघपछि पार्टीको केन्द्रीय समिति बैठक बसेको छैन।

त्यस्तै भेलाले नियमित महाधिवेशनको मिति घोषणा गर्न पार्टी नेतृत्वमाथि दबाब दिने निर्णय गरेको छ। इतर पक्षको भेलाले अवैधानिक ढंगबाट नेताहरूलाई गरिएको कारबाही फिर्ता लिन पन माग गरेको छ।

जेनजी आन्दोलनपछि पार्टी मुकदर्शक बनेको भन्दै भेलाले नेतृत्वको आलोचना गरेको छ। त्यस्तै तिहारलगत्तै इतर पक्षको देशव्यापी केन्द्रीय समितिको भेला काठमाडौँमा राखेर भेलाको म्यान्डेटअनुसार अवैधानिक निर्णयहरूलाई दिने भेलाको निर्णय छ।

इतरपक्षको भेलामा ९६ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको बताइएको छ।

प्रकाशित: २६ असोज २०८२ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast