नेविसंघले दियो मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी

हिमाल प्रेस २६ असोज २०८२ १३:५६ | Sunday, October 12, 2025
नेविसंघले दियो मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेपाल प्रहरीमा उजुरी दर्ता गरेको छ।

गत भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी युवा आन्दोलन’का क्रममा भएका अप्रिय घटनाको अनुसन्धानको माग गर्दै नेविसंघले काठमाडौँ र ललितपुर जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो।

नेविसंघका अनुसार बालेन र सुदनले विद्यार्थीहरूलाई आन्दोलनमा उक्साउने काम गरेको, आगजनी र तोडफोडमार्फत राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको साथै सरकारी र निजी सम्पत्तिमा लुटपाट गर्न प्रेरित गरेको आरोप लगाइएको छ।

उजुरी दिनेहरूमा नेविसंघ केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्। उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन्।

यसअघि सुदन गुरुङसहितका युवाले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दर्ता गरेको थियो।

प्रकाशित: २६ असोज २०८२ १३:५६ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast