
इटहरी- लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेर जेनजी आन्दोलनमा फरार भएका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको थुनछेक आदेश अनुसार कारागारमा रहेका इटहरी उपमहानगरपालिका-१७ लविपुरका ३१ वर्षीय नरेश चौधरी र ३६ वर्षीय अग्रदिप चौधरी गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
फरार रहेका दुवै जनालाई प्रादेशिक अनुसन्धान समूह विराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिएर झुम्का कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ असोज २०८२ ९:०४
प्रतिक्रिया