सुनसरीका एसपीको ह्वाट्सएप ‘ह्याक’

हिमाल प्रेस २५ असोज २०८२ १८:२४
22
SHARES
सुनसरीका एसपीको ह्वाट्सएप ‘ह्याक’

इटहरी – जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) को आधिकारिक ह्वाट्सएप नम्बर ह्याक भएको छ।

एसपी केशवकुमार थेबेले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएव शुक्रवार राति ह्याक भएको हो।

अन्वेषण योजना तथा विकास शाखाका अनुसार शुक्रबार राति करिब ८ः४५ बजेतिर ह्वाट्सएप अकाउन्ट नियन्त्रणबाहिर पुगेपछि उक्त नम्बरबाट विभिन्न व्यक्तिहरूलाई म्यासेज पठाएर रकम माग्ने तथा अनावश्यक सन्देश पठाउने गतिविधि भएको पाइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले सूचना जारी गर्दै भनेका छन्, ‘जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय प्रमुखज्यूले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप एकाउन्ट ह्याक भई विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी पैसा (रकम) माग्ने तथा अनावश्यक म्यासेज पठाएर उक्त नम्बर प्रयोग भएको ह्वाट्सएप एकाउन्टको दुरुपयोग गरेको हुँदा उक्त म्यासेजमा विश्वास नगर्न हुन अनुरोध गरिएको छ।’

प्रकाशित: २५ असोज २०८२ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast