केराबारीबाट ५५ राउण्ड गोली बरामद

हिमाल प्रेस २५ असोज २०८२ १८:०५ | Saturday, October 11, 2025
केराबारीबाट ५५ राउण्ड गोली बरामद प्रतिकात्मक तस्बिर

झापा– झापाको कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ।

स्थानीय ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पाण्डेको सूचनाअनुसार इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए।

प्रकाशित: २५ असोज २०८२ १८:०५ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast