एटीएमबाट झिक्ने रकमको सीमा घट्यो

हिमाल प्रेस २४ असोज २०८२ १९:२० | Friday, October 10, 2025
एटीएमबाट झिक्ने रकमको सीमा घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले एटीएम कार्डबाट नगद झिक्ने सीमामा कटौती गरेको छ। बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै यो सीमा घटाएको हो।

संशोधित प्रावधानअनुसार अब एटीएम कार्ड प्रयोग गर्ने ग्राहकले एकपटकमा अधिकतम २० हजार रुपैयाँसम्म मात्र झिक्न पाउने छन्। यसअघि यो सीमा २५ हजार रूपैयाँ थियो।

त्यस्तै दैनिक झिक्ने सीमा पनि राष्ट्र बैंकले घटाएको छ। यसअघि दैनिक एक लाखसम्म झिक्ने व्यवस्था रहेकोमा यसलाई घटाएर ५० हजार रूपैयाँ तोकिएको छ।

मासिक सीमा पनि ४ लाख रुपैयाँबाट घटाएर ३ रुपैयाँमा सीमित गरिएको छ।

यो संशोधन डिजिटल भुक्तानी प्रणाली सुदृढ बनाउन र नगद कारोबारभन्दा विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २४ असोज २०८२ १९:२० | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast