युवा संघको र्‍यालीमा प्रशासनको रोक

हिमाल प्रेस २४ असोज २०८२ १४:०५ | Friday, October 10, 2025
युवा संघको र्‍यालीमा प्रशासनको रोक

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले निकट युवा संघले शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली गर्न नदिने भएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै र्‍याली आयोजना गर्न स्वीकृति प्रदान नगर्ने निर्णय भएको जानकारी दिएको हो।

प्रशासनले भनेको छ, ‘पूर्व स्वीकृतिबिना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ।’

फरकफरक समूहले शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको प्रशासनले जनाएको छ। विभिन्न समूहबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने भएकाले कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

प्रकाशित: २४ असोज २०८२ १४:०५ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast