सुडानको मस्जिदमा आक्रमण, १३ जनाको मृत्यु

हिमाल प्रेस २३ असोज २०८२ १६:०९
8
SHARES
सुडानको मस्जिदमा आक्रमण, १३ जनाको मृत्यु

काठमाडौँ– सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवारहरू रहेको शहर एल–फासेरमा शरण लिइरहेका दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

नाम न छाप्ने सर्तमा उनीहरुले मस्जिदमा आक्रमण उत्तरबाट भएको र आरएसएफले अबु शोक विस्थापन शिविरलाई कब्जा गरेको तथा सुडानी सेनाले सहरलाई नियन्त्रणमा लिने प्रयास गरी रहेको बताएका छन्।

गोलाबारी रोकिए पछि भग्नावशेष मुनिबाट १३ जनाको शव निकालेको उनीहरुले बताएका छन्।

आक्रमणबाट बचेका एक जना व्यक्तिले बताएअनुसार आक्रमणकारी घरमा प्रवेश गर्दा मस्जिदभित्र ७० परिवार भएको जनाउँदै एक्कासी गोलीको बर्षा हुदाँ १३ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको र मस्जिदको केही भागमा क्षति भएको बताएका छन्।

सन् २०२३ अप्रिल मा सेनासँग युद्ध सुरु भएदेखि एल–फासेरमाथि आरएसएफले गरेको यो सबैभन्दा ठुलो आक्रमण भएको जनाइएको छ।

गत वर्षको मे महिना देखि आरएसएफद्वारा घेराबन्दी गरिएको उत्तरी डार्फर राज्यको राजधानी अझै पनि सेनाको नियन्त्रणमा रहेको अन्तिम प्रमुख सहर हो। यद्यपि सेना र यसका सहयोगीहरूद्वारा नियन्त्रित क्षेत्र क्रमशः संकुचित भएको छ।

लामो समयदेखि आरएसएफले लगभग दैनिक तोप र ड्रोन आक्रमणहरू गरी सहर वरपरका विस्थापीत शिविरहरूमाथि कब्जा गर्दा, सयौँको ज्यान गएको छ भने बाँचेका मानिसहरूलाई जबरजस्ती निर्वासन गरिरहेको छ।

लाखौँ विस्थापितहरु मध्ये मंगलबार–बुधबारको बीचमा, सहरको एक एल–फासेर अस्पतालमा २० जनाको मृत्यु भएको जनाइएको छ।

गत महिना मस्जिदमा भएको एउटै ड्रोन आक्रमणमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो।

सुडानमा युद्धले लाखौँलाई विस्थापित गरेको छ भने लगभग २ करोड ५० लाखलाई चरम भोकमरीमा धकेलेको छ, जसलाई संयुक्त राष्ट्रसंघले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन संकट क्षेत्र भनेको छ।

प्रकाशित: २३ असोज २०८२ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast