
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ। बैठकमा विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे छलफल हुने प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे पनि छलफल हुनेछ। झाले सद्भाव यात्राको कार्यसूचीबारे पनि बैठकको एजेन्डा रहेको बताए।
प्रकाशित: २२ असोज २०८२ ९:५६
प्रतिक्रिया