सुनुवाइका क्रममा गोली हानेर न्यायाधीशको हत्या

हिमाल प्रेस २१ असोज २०८२ १६:४३
34
SHARES
सुनुवाइका क्रममा गोली हानेर न्यायाधीशको हत्या फाइल तस्बिर

काठमाडौँ- अल्बानियाको राजधानी तिरानास्थित अदालतमा सुनुवाइका क्रममा गोली हानेर एक न्यायाधीशको हत्या भएको छ।

अधिकारीहरूका अनुसार न्यायाधीश अस्ट्रिट कलाहाको गोली हानेर हत्या भएको हो। सुनुवाइका क्रममा उनीमाथि गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका कलाहालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बीबीसीले जनाएको छ।

यो घटना सम्पत्ति विवादसँग सम्बन्धित मुद्दाको सुनुवाइका क्रममा भएको थियो। गोलीबारीमा मुद्दामा संलग्न एक बुबा–छोरा पनि घाइते भएका छन्। तर, उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।

प्रहरीले ३० वर्षका एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनको नाम एल्भिस श्केम्बी हो।

अल्बानियाका प्रधानमन्त्री एडी रामाले न्यायाधीशको निधनप्रति दुःख व्यक्त गर्दै गोली चलाउने अपराधीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: २१ असोज २०८२ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast