‘बलिदान’ हेरेपछि क्याप्टेन विजय भन्छन्- मेरो समयमा सन्तोष सेन आइदिएको भए म पनि एक्सन हिरो हुन्थेँ

हिमाल प्रेस २१ असोज २०८२ १६:००
10
SHARES
‘बलिदान’ हेरेपछि क्याप्टेन विजय भन्छन्- मेरो समयमा सन्तोष सेन आइदिएको भए म पनि एक्सन हिरो हुन्थेँ Screenshot

काठमाडौँ- कलाकार तथा क्याप्टेन विजय लामाले सन्तोष सेनजस्ता निर्देशक पहिल्यै आएको भए आफू पनि एक्सन हिरो हुनसक्ने अनुमान गरेका छन्। उनले प्रदर्शनरत फिल्म ‘बलिदान’ हेरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्।

फिल्मका निर्देशक सेनको कामको प्रशंसा गर्दै लामाले भने, ‘मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला।’

लामाले ‘बलिदान’ ले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको आँकलन गर्दै यसलाई फरक स्तरको भनेका छन्। ‘फिल्ममा मैले ठूलो बलिदानै पाएँ। फिल्मसँग आवद्ध सबैको ठूलो योगदान देखेँ। यो फरक स्तरको फिल्म हो,’ उनले भने, नेपाली फिल्मको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।’

उनले आफूले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पारिरहेको समेत बताए।

सन्तोष सेन निर्देशित ‘बलिदान’ दसैँको अवसरमा फूलपातीदेखि प्रदर्शनरत छ। फिल्म हेरेका दर्शकले अभिनेता समीर भट्टको एक्सन र अभिनयको प्रशंसासहित आमा-छोराबीचको प्रेम र त्यागमा आधारित कथाले मन छोएको प्रतिक्रिया दिइरहेका छन्।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २१ असोज २०८२ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast