
गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्रीको आवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। असोज १२ गते राति मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो।
आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा–७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई पक्राउ गरेको हो।
थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
अनुसन्धानका क्रममा उनले नेपाल राष्ट्र बैंकको पर्खाल छेउमा रहेको एनआईएमबी बैंकको एटीएम मेसिनको स्क्रिनमा ढुंगा प्रहार गरी तोडफोडसमेत गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ असोज २०८२ १५:२१
प्रतिक्रिया