गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन : यूएनआरडब्लूए

हिमाल प्रेस २१ असोज २०८२ १३:१८
12
SHARES
गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन  : यूएनआरडब्लूए फाइल तस्बिर : रासस/सिन्हवा

काठमाडौँ– प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाँउ उनीहरुका लागि सुरक्षित नभएको जनाएको छ।

इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र बालअधिकारको प्रवाह नगरी गाजामा सुतिरहेको समयमा बालबालिकाहरूलाई अन्यायपूर्वक हत्या गरेको यूएनआरडब्लूएले उल्लेख गरेको छ।

यूएनआरडब्लूएले सामाजिक सञ्जाल एक्समा गाजामा मनोवैज्ञानिक आघात भोगिरहेका पाँच लाखभन्दा बढी बच्चाहरूलाई मनोवैज्ञानिक सहजीकरण गरेको जनाउँदै गाजाका बच्चाहरुले कुनै पनि बच्चाहरुले अनुभव गर्न नसक्ने समस्याको सामना गर्न बाध्य भएको जनाएको छ।

इजरायली सेनाले गाजामा बच्चाहरू सुतिरहेको, स्कूलमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा उनीहरुलाई मारिएकोमा दुखः व्यक्त गरेको छ।

यस अघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा अझै पनि दशौँ हजार बालबालिका रहेको पुष्टि गर्दै बम विष्फोटका कारण अङ्गभङ्ग हुनेहरुमा पनि कयौँ बालबालिका रहेको बताएका छन्। निरन्तरको आक्रमणले बालबालिकाहरू थरथर काँपिरहेका उल्लेख गर्दै उनले बालबालिकामाथि गरिएको क्रूरता गैर मानविय भएको बताएका छन्।

गाजाको अल–मवासी क्षेत्र विश्वको सबै भन्दा घना जनसंख्या भएको क्षेत्र हो। यद्यपि यो क्षेत्रका मानिसहरु जीवनका आधारभूत आवश्यकताहरूबाट वञ्चित छन् जसले बालबालिकालगायत परिवारहरूको पीडा बढाउँछ।-रासस/क्यूएनए

प्रकाशित: २१ असोज २०८२ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast