
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ।
आइतबार २ लाख ३० हजार ६ सय रुपैयाँ रहेको प्रतितोला सुनको मूल्य सोमबार २ लाख ३३ हजार १ सय कायम भएको थियो।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। एक तोला चाँदी २ हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार पनि चाँदीको मूल्य यही रहेको थियो।
प्रकाशित: २१ असोज २०८२ ११:२०
प्रतिक्रिया