निर्वाचन कार्यतालिका स्वीकृत, मंसिर १ देखि १० सम्म दल दर्ता

हिमाल प्रेस २० असोज २०८२ १८:१८
12
SHARES
निर्वाचन कार्यतालिका स्वीकृत, मंसिर १ देखि १० सम्म दल दर्ता

काठमाडौँ- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यक्रम रहेको छ। माघ २ गतेदेििख निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

त्यस्तै फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रसारप्रसार हुने र तत्पश्चात प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ मा बन्दसूची पेस गर्ने कार्यक्रम छ।

निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुले मात्र भाग लिन पाउने भएकाले कात्तिक ३० गते अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्न पनि आयोगले जानकारी गराएको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिबाट संसद् विघटन भएपछि फागुन २१ गते निर्वाचनको मिति तोकिएको थियो।

प्रकाशित: २० असोज २०८२ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast