सभामुख घिमिरेले सरकारलाई किन दिए धन्यवाद?

हिमाल प्रेस १९ असोज २०८२ १६:२८
16
SHARES
सभामुख घिमिरेले सरकारलाई किन दिए धन्यवाद? फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले बाढीपहिरोको विपत्तिमा सक्रिय सहभागिताका लागि धन्यवाद दिएका छन्। घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा सरकारलाई धन्यवाद दिएका हुन्।

उनले पीडितको राहतका लागि ध्यानाकर्षण पनि गराएका छन्। घिमिरेले भनेका छन्, ‘असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा अत्यन्त दुःखी र मर्माहत भएको छु। विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्न चाहन्छु।’

उनले चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढेमा विपद्लाई पार गर्न सक्ने उल्लेख गरेका छन्। ‘राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु’, घिमिरेले भनेका छन्।

प्रकाशित: १९ असोज २०८२ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast