काठमाडौँमा आवागमन एकतर्फी खुला

हिमाल प्रेस १९ असोज २०८२ १५:५५
8
SHARES
काठमाडौँमा आवागमन एकतर्फी खुला आइतबार बिहान देखिएको काठमाडौँको आकाश। तस्बिर : हिमालप्रेस

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने निर्णय गरेको हो।

धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई दृष्टिगत गर्दै आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन, अरनिको राजमार्ग हुँदै बाहिरिने सवारीसाधन, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडातर्फ जाने सवारीसाधन बन्द गरिएको थियो।

प्रकाशित: १९ असोज २०८२ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast