काठमाडौँ- डिजी पे प्रालि र ट्वान्टी फस्ट टेक प्रालिबीच सहकार्यको सम्झौता भएको छ।
यसअन्तर्गत डिजी पेमा आबद्ध हुने व्यवसायीले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन्।
ट्वान्टी फस्ट टेक प्रालिको सौजन्यमा ३० हजार पर्ने प्रिमियम प्याकेज १५ हजार रुपैयाँमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। त्यसका साथै वेबसाइट, एप तथा अन्य सेवामा पनि ५० प्रतिशतसम्म छुट पाइने सम्झौतामा जनाइएको छ।
प्रकाशित: २९ पुष २०७९ १४:४९ | Friday, January 13, 2023
प्रतिक्रिया



