काठमाडौँका करिडोर सडकमा सवारी आवतजावत निषेध

हिमाल प्रेस १८ असोज २०८२ १७:१९
4
SHARES
काठमाडौँका करिडोर सडकमा सवारी आवतजावत निषेध

काठमाडौँ- काठमाडौँ उपत्यकाका खोला किनारका सडक (करिडर सडक) मा सवारी सञ्चालनमा निषेध गरिएको छ।

राष्ट्रिय विपद् प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन गरिएको हो।

सूचनामा उल्लेख छ, ‘सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ।’

राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेकाले यस्तो निर्देश गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित: १८ असोज २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast