पाँचथरमा जिप दुर्घटना : ६ जनाको मृत्यु

हिमाल प्रेस १८ असोज २०८२ १५:५३
16
SHARES
पाँचथरमा जिप दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौँ- पाँचथरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पाँचथरको कुम्याक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा जिप दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले दिउँसो साढे १ बजे पाँचथरको कार्तिके नजिक ना १ च ५८२२ नम्बरको जिप सडकबाट करिब चार मिटर तल खसेर दुर्घटना भएको बताए। जिप ताप्लेजुङबाट सुनसरीका लागि हिँडेको थियो। घाइते ६ जनालाई उचारका लागि धरान पठाइएको छ।

दुर्घटनामा १२ जना सवारमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका पोखरेलले जानकारी दिए।

प्रकाशित: १८ असोज २०८२ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast