टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

हिमाल प्रेस १७ असोज २०८२ १३:०८
22
SHARES
टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा तस्बिर : क्यान

काठमाडौँ- आईसीसी मेन्स टी–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार छनोट प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

ओमानमा हुने प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्।

यस्तो छ टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मो.आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा, लोकेश बम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast