सहिद परिवारको घरमा पुगेर के भनिन् प्रधानमन्त्री सुशीला कार्कीले?

हिमाल प्रेस १७ असोज २०८२ ७:४७
4
SHARES
सहिद परिवारको घरमा पुगेर के भनिन् प्रधानमन्त्री सुशीला कार्कीले? सहिद परिवारसँग प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुसँग घरमै पुगेर भेटघाट तथा सान्त्वना दिएकी छन्। कार्कीले दसैँको टीकाका दिन बिहीबार सहिद परिवारका सदस्यको घरमै गएर परिवारका सदस्यसँग भेट गरेकी हुन्।

सहिद परिवारका सदस्यसँग भेट गर्न प्रधानमन्त्री कार्की काठमाडौँ महानगरपालिका-१६ वनस्थलीस्थित सौरभकुमार श्रेष्ठ, नागार्जुन-३ स्वयम्भूस्थित कान्छी नगरकोटी र कीर्तिपुर-२ मैत्रीनगरस्थित बुद्धिबहादुर तामाङको घरमा पुगेकी थिइन्।

प्रधानमन्त्री काकीले भेटका क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सपना पूरा गर्न आफूहरु लागिपरेको र सपनालाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सहिद परिवारका सदस्यको समस्या समाधानमा सरकारले पहल गर्ने पनि उनले बताएकी छन्। कार्कीले कुनै समस्या परे सरकारलाई खबर गर्नसमेत परिवारसँग आग्रह गरेकी छन्। गत भदौ २३ र २४ गते देशव्यापी भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast